• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    अमेरिकामा गोली आक्रमणमा परी ३ जनाको मृत्यु


    २०८० मंसिर २४, आइतबार

    २०८० मंसिर २४, आइतबार

    अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा सहरमा शनिबार साँझ भएको गोलीकाण्डमा परी तीन युवाको मृत्यु भएको छ ।

    घटनामा परी थप एक जना घाइते भएका छन् ।

    एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीन जना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल लगिएको छ ।

    घटना लागूऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहारबारे अनुसन्धान जारी छ ।

    गैरनाफामुखी अनुसन्धान समूह ‘गन भाइलेन्स आर्काइभ’ ले जनाएअनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा ६ सय ३४ जना सामूहिक गोली आक्रमणको शिकार बनेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर