• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    क्यानाडामा विदेशीले २०२७ सम्म घर किन्न नपाउने


    २०८० माघ २२, सोमबार

    २०८० माघ २२, सोमबार

    विदेशी नागरिकहरूले क्यानडामा २०२७ सम्म घर किन्न नपाउने भएका छन् ।

    संघीय सरकारले विदेशी नागरिकहरूलाई क्यानाडामा घर किन्न थप दुई वर्ष प्रतिबन्ध लगाउने भएको छ ।

    संघीय सरकारले आवास किफायती चिन्ताले देशभरका शहरहरूमा समस्या पारिरहेको भन्दै यस्तो प्रतिबन्ध लगाएको हो।

    अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्डले विदेशीले क्यानडामा घर खरीद गर्ने प्रतिबन्धलाई २०२७ सम्म लम्ब्याउँने आइतबार घोषणा गरेकी हुन् ।

    २०२३ मा पहिलो पटक लागू भएको प्रतिबन्ध अन्तर्गत स्थायी बासिन्दा नभएका व्यक्तिहरू, व्यावसायिक उद्यमहरू लगायत गैर-क्यानेडियन मानिसहरूलाई घर किन्नबाट रोकिएको छ।

    फ्रिल्याण्डले एक विज्ञप्ति जारी गर्दै “विदेशी खरिदकर्तामाथि लगाइएको प्रतिबन्धलाई विस्तार गरेर हामीले के कुरालाई सुनिश्चित गरेका छौं भने घरहरू क्यानडियन परिवारहरूका लागि बस्नको लागि हो, व्यापार गरेर सम्पत्ति कमाउने साधन नबनोस्,” भनेकी छन् ।

    उनी भन्छिन् सरकारले क्यानाडाभर घरहरू अझ सस्तो बनाउनको लागि सम्भव सबै उपकरणहरू प्रयोग गर्ने योजना बनाएको छ।

    यस्तो प्रतिबन्ध जनवरी १, २०२५ मा समाप्त हुने थियो।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर