• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    जिम्बावेमा खडेरीका कारण कम्तीमा १०० हात्ती मरे


    २०८० मंसिर २७, बुधबार
    At least 100 elephants die during Zimbabwe’s drought

    २०८० मंसिर २७, बुधबार

    काठमाडौं । जिम्बावेमा खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् ।

    जिम्बावेको ह्वान्गे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा १ सय वटा हात्ती मरेका अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले जनाएको छ ।

    पशु कल्याणका लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्तिअनुसार अहिले एल निनो नामक खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो शुरु भएको छ । जसका कारण झन्डै ४५ हजार हात्तीको बासस्थान रहेको जिम्बावेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौँ हात्ती मरेका छन् ।

    कम्तीमा एक सय वटा हात्ती पानीकै अभावका कारण मरेका कोषले उल्लेख गरेको छ । संस्थाको पार्कमा रहेका १ सय ४ वटा सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ ।

    खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तु खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य भएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर