• जेठ ३१, २०८२ शनिबार
    14 Jun, 2025, Saturday

    राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा स्वतन्त्र सांसद अमरेश सिंहलाई सहकार्यको प्रस्ताव


    २०८२ जेठ ९, शुक्रबार

    २०८२ जेठ ९, शुक्रबार

    काठमाडौं, ९ जेठ । राजसंस्था पुनर्स्थापना, सनातन हिन्दू राष्ट्र र बहुदलीय प्रजातन्त्रको माग गर्दै गठित संयुक्त जनआन्दोलन समितिले स्वतन्त्र सांसद अमरेश कुमार सिंहलाई सहकार्यको प्रस्ताव गरेको छ। समितिका संयोजक नवराज सुवेदीले औपचारिक पत्रमार्फत सांसद सिंहलाई आन्दोलनमा सहभागी भई साथ दिन आग्रह गरेका हुन्।

    पत्रमा सुवेदीले वर्तमान संविधानिक, न्यायिक तथा राजनीतिक संरचनाहरू दलीकरणको चपेटामा परेको र जनअपेक्षा पूरा गर्न नसकेको दाबी गरेका छन्। उनले जेठ १५ गतेदेखि सुरु हुने देशव्यापी जनआन्दोलनमा सिंहको साथ र समर्थन आवश्यक रहेको बताएका छन्।

    समितिको तर्फबाट पठाइएको पत्रमा भनिएको छ, “विगत केही वर्षयता संसदमा अमरेश कुमार सिंहले उठाएका आवाजहरू, भ्रष्टाचारविरोधी धारणा र आमजनताको पक्षमा लिएको अडानले राष्ट्रका पक्षमा उनको निष्पक्षता प्रमाणित भएको छ।”

    सुवेदीले भनेका छन्, “दलीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनः स्थापना गर्न सबै देशभक्त शक्तिहरू एकजुट हुन जरुरी छ।”

    The post राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा स्वतन्त्र सांसद अमरेश सिंहलाई सहकार्यको प्रस्ताव appeared first on हरियाली नेपाल.

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर