• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु


    २०८० पुष १, आइतबार

    २०८० पुष १, आइतबार

    काठमाडौं – रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ ।

    कैलालीको टीकापुर-१ का ३६ वर्षीय भरत शाहको रुस-युक्रेन युद्धमा मृत्यु भएको हो ।

    नेपाल प्रहरीको जागिर छाडेर तीन महिनाअघि युएईबाट रुस पुगेका शाहको शुक्रवार निधन भएको जनाइएको छ । योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ ।

    यसअघि परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । शाहको मृत्यु बारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी भने दिएको छैन ।

    शाहका परिवारले भने कुशको शव बनाएर स्थानीय परम्परा अनुसार दाहसंस्कार समेत गरिसकेका छन् । मृतक शाहका श्रीमती, चार वर्षको छोरा र तीन महिनाको छोरी रहेको बताइएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर