Article Summary
- काठमाडौँ, २९ जेठः साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ नेपाली सेनाले ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’ सम्पन्न गरेको छ । जङ्गी अड्डामा आज प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा पाँचौँ संस्करणको एक दिवसीय ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी- २०८२’ सञ्चालन गरिएको हो । सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाले जोखिमसमेत बढाएको परीप्रेक्ष्यमा उक्त गोष्ठी सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ । दुई चरणमा सञ्चालित गोष्ठीमा सरकारका विभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो । साइबर सुरक्षासम्बन्धी विषय विज्ञद्वारा प्रस्तुतीकरण गरिएको गोष्ठीमा सहभागीबीच अन्तरक्रिया तथा अभ्याससमेत सञ्चालन गरिएको थियो । The post जङ्गी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी appeared first on हरियाली नेपाल.
काठमाडौँ, २९ जेठः साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ नेपाली सेनाले ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’ सम्पन्न गरेको छ ।

सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाले जोखिमसमेत बढाएको परीप्रेक्ष्यमा उक्त गोष्ठी सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

The post जङ्गी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी appeared first on हरियाली नेपाल.