• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    आगलागीमा परी स्कटल्यान्डमा नेपाली दिदीबहिनीको मृत्यु


    २०८० माघ २०, शनिबार

    २०८० माघ २०, शनिबार

    आगलागीमा परी स्कटल्यान्डमा नेपाली दिदीबहिनीको मृत्यु भएको छ ।

    स्कटल्यान्ड सहरको ब्याक हिल्टनमा सोमबार आगलागीमा हुँदा पोखराकी दिदीबहिनीको मृत्यु भएको हो । मृत्यु हुनेमा २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदी रहेका छन् ।

    तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तलामा रहेका उनीहरु भुईंतलामा झरेको र धुवाँको मुस्लोमा निस्सासिएर बेहोस भएका थिए। त्यही क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ।

    उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदीको छोरी हुन् ।

    स्कटल्यान्डको एबरडिन सहरमा भएको आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ। मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो मंगलबार गरिने भएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर