• वैशाख २५, २०८१ मंगलबार
    07 May, 2024, Tuesday

    भारत र क्यानडाको सम्बन्धमा सुधार, ई-भिसा सेवा सुरू


    २०८० मंसिर ८, शुक्रबार

    २०८० मंसिर ८, शुक्रबार

    करिब दुई महिना बन्द पछि भारतले क्यानडियन नागरिकका लागि ई-भिसा सेवा पुनर्स्थापित गरेको छ ।

    अब क्यानडाका मानिसहरू भारत आउन सक्नेछन् ।

    भारतीय विदेशमन्त्री एस जयशंकरले अहिले क्यानडास्थित भारतीय दूतावास र त्यसमा काम गर्ने अधिकारी तथा कर्मचारीलाई खतरा कम भएको बताउँदै ई-भिसा दिने काम सुरू भएको जानकारी दिए । क्यानडा र भारतका बीचमा दुई महिनाअघि सम्बन्धमा कटुता आउँदा ई-भिसामा पनि प्रतिबन्ध लगाइएको थियो ।

    क्यानडामा व्याप्त परिस्थितिमा भारतीय कूटनीतिज्ञहरूलाई काम गर्न गाह्रो भएकाले पनि भारत सरकारले त्यतिबेला कठोर निर्णय लिनुपरेको पनि विदेशमन्त्री जयशंकरले बताए ।

    ई-भिसाको नियम साधारण राहदानी लिएकाहरूका लागि हो । अन्यले भौतिक अर्थात् कागजी भिसाको लागि आवेदन दिनु पर्नेछ ।

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा हरदीपसिंह निज्जर हत्या प्रकरणमा भारतीय एजेन्सीको हात रहेको बताएका थिए । उनको उक्त भनाइपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । एक भारतीय नागरिकलाई क्यानडा छोड्न आदेश दिएपछि कूटनीतिक सम्बन्ध थप बिग्रिएको थियो ।

    भारत सरकारले ट्रुडो सरकारको यो निर्णयको बदला लिँदै क्यानडाली नागरिकलाई भारत छोड्न आदेश दिएको थियो । ई-भिसामा प्रतिबन्ध पनि ती चरणहरूमध्ये एक थियो । खालिस्तान समर्थक हरदीपसिंह निज्जरलाई जुन २०२३ मा सरेमा अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर