• वैशाख २५, २०८१ मंगलबार
    07 May, 2024, Tuesday

    नेपालबाट जापान आउनुअघि अप्रिलबाट क्षयरोग परिक्षण अनिवार्य


    २०८० मंसिर १, शुक्रबार
    Ministry of Health, Labour and Welfare

    २०८० मंसिर १, शुक्रबार

    जापानले आगामी आर्थिक वर्षदेखि अनिवार्य क्षयरोग (ट्युवरक्लोसिस) जाँच गराउने योजना बनाएको छ ।

    तीन महिनाभन्दा लामो समय बस्ने  मानिसले क्षयरोग लागे नलागेको स्वास्थ्य परिक्षणको प्रमाण अनिवार्य बुझाउनुपर्नेछ ।

    जापानका स्वास्थ्यमन्त्री केइजो ताकेमीले जापान आउनुअघि क्षयरोग नलागेको प्रमाणित गर्ने कागजात बुझाउनुपर्ने देशहरुमा एशियाली देशहरु नेपाल, चीन, इन्डोनेसिया, म्यानमार, फिलिपिन्स र भियतनाम रहेको बताइएका छन् ।

    क्योदो समाचार संस्थाका अनुसार यी ६ वटा देशबाट जापान आएका मानिसहरुमा धेरैजसो संक्रामक रोगहरु भेटिएको छ ।

    यो नियम लागू भएपछि नेपालबाट आउने विद्यार्थी वा रोजगार लगायत भिषामा आउने व्यक्तिले जापान प्रवेश अघि क्षयरोगबाट संक्रमित नभएको वा माग गरिएका स्वास्थ्य परिक्षणको प्रमाण अनिवार्य बुझाउनुपर्नेछ ।

    ‘आगामी आर्थिक वर्षबाट यो प्रणाली सुरु गर्ने अन्तिम तयारी गर्दैछौँ,’ स्वास्थ्य, श्रम तथा कल्याणमन्त्री ताकेमीले संसदीय समितिको बैठकमा भनेका छन् । जापानको आर्थिक वर्ष अप्रिल महिनामा सुरु हुन्छ ।

    क्षयरोग निको हुने र रोकथाम गर्न सकिने रोग भए पनि २०२२ मा यस रोगबाट विश्वभर कुल १३ लाख मानिसको मृत्यु भएको छ ।

    यो कोभिड–१९ पछिको दोस्रो ठूलो संक्रामक रोग रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

    डब्लुएचओका अनुसार क्षयरोगको उपचार सामान्यतया एन्टिबायोटिकद्वारा गरिन्छ । उपचार समयमै हुन नसकेमा भने यसले ज्यान समेत लिने गर्दछ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर