• माघ १३, २०८१ आइतबार
    26 Jan, 2025, Sunday

    अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू


    २०८१ श्रावण ८, मंगलबार
    अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू

    २०८१ श्रावण ८, मंगलबार

    काठमाडौँ, ८ साउनः माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू गरेको छ ।

    आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा. बसन्त पन्तले यही सातादेखि सेवा सुरू गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नयाँ प्रविधि भित्र्याएका छौँ । यसले नियमित सर्जरीमाभन्दा आधाजति छिटो समयमा नतिजा ल्याउन सहयोग गर्छ । सेवा सुरू भएयता तीनवटा सर्जरी गरिसकेका छौँ ।”

    डा पन्तले यस प्रविधिबाट विशेष किसिमका बिरामीमा मात्र यस प्रविधिको प्रयोग गरिने बताउनुभयो । “हामी पनि परीक्षणकालमा छौँ । अझै पाँचवटा केशहरू हेर्छौं । रोबोटिक र अरु नियमित सर्जरीको नतिजा तथा समयसीमामा कत्तिको फरक रहेछ भनेर हेर्छौं”, उहाँको भनाइ छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर