• वैशाख २३, २०८१ आइतबार
    05 May, 2024, Sunday

    अमेरिकामा कानुनी मान्यतासहित पहिलो पटक ‘दसैं डे’


    २०८० असोज २२, सोमबार
    अमेरिकामा कानुनी मान्यतासहित पहिलो पटक ‘दसैं डे’

    २०८० असोज २२, सोमबार

    नेपाली हिन्दुहरूको चाड दसैंलाई अमेरिकामा पहिलो पटक कानुनी रुपमै ‘दसैं डे’ को मान्यता मिलेको छ ।

    मेरिल्यान्डको तल्लो र माथिल्ला दुवै सदनले ‘दसैं डे’ कानुनलाई पारित गरेपछि नेपालीहरुको चाडलाई मनाउनको लागि मेरिल्यान्डका गभर्नर वेज मूरले अक्टोबर ५ मा एउटा ‘प्रोक्लेमेसन’ जारी गर्दै ‘दसैं डे’ घोषणा गरेका हुन् ।

    मे ४ मा विधयेकमा हस्ताक्षर गरिएपछि राज्यको कानुनमा दसैंलाई मान्यता दिइएको हो । अब मेरिल्यान्डमा दसैं विधयेकबारे विभिन्न शिक्षण संस्थाहरुमा समेत पढाइ हुन्छ ।

    अमेरिकामा यसरी कानुनी रुपमै ‘दसैं डे’ घोषणा हुने मेरिल्यान्ड पहिलो र एकमात्र राज्य बनेको छ । राज्यले नै ‘दसैं डे’ घोषणा गरेपछि नेपालीहरु बाल्टिमोरमा धुमधामका साथ मनाएका छन् ।

    नेपाली मुलका मेरिल्यान्डका सांसद ह्यारी भण्डारीले उक्त ‘दसैं डे’ विधेयकलाई सदनमा दर्ता गराएर दुवै सदनबाट अनुमोदन गर्ने कार्यमा सक्रिय भूमिका खेलेका हुन् । विविधताको मुलुक हुने भन्ने प्रष्ट पारेको छ । ‘अमेरिकाको सबैभन्दा धनी राज्यमा मेरिल्यान्ड हो । अमेरिकाको सबैभन्दा धनी राज्य, सबैभन्दा मनकारी राज्य भयो,’ उनले भने,‘मलाई लाग्छ, अमेरिकाका अरु राज्यहरुले पनि त्यसलाई आत्मसाथ गरेर अघि बढ्ने छन् ।’

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर