इजिप्टमा राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । मतदान केन्द्रहरूमा आइतबार सबेरै देखि चहलपहल छ ।
निर्वाचनमा प्रत्यासी अब्देल फताह अल सिसी विजयी हुने अपेक्षा गरिएको छ। करिब १० करोड ६० लाख जनसङ्ख्या भएको इजिप्टमा मङ्गलबारसम्म मतदान चल्नेछ । मतदानको नतिजा डिसेम्बर १८ मा घोषणा हुने अपेक्षा गरिएको छ।
पूर्वसेना प्रमुख रहेका अल सिसी इस्लामवादी राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरेको एक वर्षपछि सन् २०१४ देखि राष्ट्रपति छन् ।