काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रस्तुत गरेका छन् ।
पुटिन र रूसको विशेष सैन्य अप्रेसनका सहभागीहरूबीचको अनौपचारिक वार्तालापको क्रममा उनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनाव लड्ने घोषणा गरेका हुन्।
उनले रूसका सेनाहरूलाई गोल्ड स्टार पदक पनि प्रदान गरेका थिए ।
बिहीबार, रूसको सङ्घ परिषद् वा संसद्को माथिल्लो सदन मार्च १७, २०२४ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान भएको थियो ।