• असार २५, २०८२ बुधबार
    09 Jul, 2025, Wednesday

    अमेरिका नेपाल सहयोगी समाजको बोर्ड अफ ट्रष्टीको सभापतिमा केदार तिम्सिना निर्वाचित


    २०८० कार्तिक २७, सोमबार
    अमेरिका नेपाल सहयोगी समाजको बोर्ड अफ ट्रष्टीको सभापतिमा केदार तिम्सिना निर्वाचित

    २०८० कार्तिक २७, सोमबार

    अमेरिका नेपाल सहयोगी समाज(एएनएसएच) को बोर्ड अफ ट्रष्टीको सभापतिमा केदार तिम्सिना निर्वाचित भएका छन् ।

    नोभेम्बर ११ शनिबारका दिन देउसी भैलो कार्यक्रममा सभापतिमा केदार तिम्सिना लगायत अन्य ७ जना समितिमा निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

    नवनिर्वाचित समितिमा उप सभापतिमा रोम ज्ञवाली ,सचिवमा उत्तम गौतम तथा कोषाध्यक्षमा मोहन बस्ताकोटी छन् भने सदस्यहरुमा रोजिना रेग्मी ,इन्द्र श्रेष्ठ तथा बाबु राम शर्मा छन् ।

    (एएनएसएच) अमेरिकाको भर्जिनिया राज्यको मनासस शहर सन् २००८ मा स्थापित उक्त संस्था अमेरिका भरि कै क्रियाशील गैर मुनाफा सामाजिक संस्था मध्ये कै अत्यन्तै क्रियाशील संस्थाका रूपमा मानिन्छ ।

    नवनिर्वाचित सभापति तिम्सिनाले सबैलाई समेट्ने र संस्थाको गरिमालाई उच्च प्राथमिकताको साथै संस्थाको प्रवर्द्धन र सम्बर्द्धनमा अहम भूमिका निर्वाह गर्ने बताए । तिम्सिना अन्य संघ/संस्थाहरु संग पनि आबद्ध रहेका छन् ।

    समुदायमा विभिन्न अद्वितीय काम गर्दै आएको यो संस्थाले समुदायमा विभिन्न कार्यक्रमहरू पनि निरन्तर गरि रहेको छ । सन् २०१५ मा नेपालमा गएको भूकम्पमा पनि संस्थाले राम्रो भूमिका निर्वाह गरेको थियो । भूकम्प गए पछि थुप्रै राहत सामाग्री लिई नेपाल पुगेको र संकलन भएको रकम नेपाली राजदुताबास मार्फत समेत भूकम्प पीडितलाई समेत सहायता गरेको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर