• फागुण ५, २०८१ सोमबार
    17 Feb, 2025, Monday

    प्रेम प्रस्ताव अस्विकार गर्दा युवतीद्वारा युवकको मुखमा ब्लेडले हमला


    २०७७ पुष ८, बुधबार
    प्रेम प्रस्ताव अस्विकार गर्दा युवतीद्वारा युवकको मुखमा ब्लेडले हमला

    २०७७ पुष ८, बुधबार

     ४ पुष । उत्तर प्रदेशको बरेलीमा प्रेम प्रस्ताव अस्वीकार भएपछि एउटी केटीले आफ्नै सहपाठीलाई आक्रमण गरी घाइते बनाएकी छिन् ।

    रिपोर्टका अनुसार बरेलीको हाफिजगंज पुलिस सर्कल अन्तर्गत इन्टर कलेजका विद्यार्थीले अध्ययन गर्दै युवकलाई युवतीद्वारा अनुहारको ब्लेडले हमला गरेकी छिन् । युवतीको प्रेमलाई अस्विकार गरेको भन्दै युवतीले ब्लेडले हमला गरेकी हुन् ।

    भारतको बरेलीमा भएको एउटा घटनाले यतिबेला हंगामा मच्चाएको छ ।

    युवतीले विवाहको प्रस्ताव राखे पनि युवकले अस्वीकार गरेपछि उनले यस्तो गरको बताएकी छन् । अझै धेरै पढ्न बाँकी रहेको भन्दै युवकले युवतीको प्रस्तावलाई अस्वीकार गरेका थिए । ति युवती उक्त युवकसँग एकोहोरो प्रेममा परेकी थिइन् ।

    युवकलाई जति भन्दा पनि नमानेको भन्दै उनले युवकसँग बदला लिनका लागि ब्लेडले प्रहार गरेको बताएकी छन् । प्रहरीका अनुसार युवतीले कलेज जाने बाटोमा युवकलाई बोलाएर ब्लेडले युवकमाथि हमला गरेकी थिइन् ।

    प्रत्यक्षदर्शीका अनुसार युवतीले ब्लेडले प्रहार गरेर युवकको अनुहार बिगार्ने मनशाय रहेको बताएका छन् । ति युवतीका अनुसार अनुहारमा घाउ बनाइदिएपछि अन्य महिलाहरुले युवकसँग विवाह गर्न चाहदैनन् र आफैसँग विवाह हुने सोचाईले यस्तो गरेकी थिइन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर