• असार २२, २०८२ आइतबार
    06 Jul, 2025, Sunday

    शिक्षकको शंकास्पद मृत्यु


    २०७९ पुष २, शनिबार
    शिक्षकको शंकास्पद मृत्यु

    २०७९ पुष २, शनिबार

    बैतडीमा एक शिक्षक शंकास्पद रूपमा मृत फेला परेका छन्।

    जिल्लाको सुर्नया गाउँपालिका-२ घर भई पाटनस्थित श्रीकृष्ण माविमा कार्यरत शिक्षक ५२ वर्षीय धनबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन्।

    शिक्षक विष्ट शनिबार दिउँसो ३ बजे श्रीकृष्ण माविको छात्रवास पछाडि रहेको भिरालो ठाउँमा मृत अवस्थामा  फेला परेका बैतडी निमित्त प्रहरी प्रमुख,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन।

    मृतक विष्टका श्रीमती काठमाडौंमा रहेका र उनी आएपछि मात्रै थप घटनास्थलको प्रक्रियाको काम हुने  प्रहरीले जनाएको छ।

    घटनास्थल सुरक्षित गरेर राखिएको र  घटनाको प्रारम्भिक अनुसन्धान  कार्य थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर