• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    खाद्य संस्थानको कोठाभित्र शव फेला


    २०८० मंसिर १७, आइतबार

    २०८० मंसिर १७, आइतबार

    हेटौँडाको चौकीटोलस्थित खाद्य संस्थानको खुला कोठाभित्र शनिवार एक जना पुरुषको शव फेला परेको छ ।

    ५४ वर्षीय पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा खाद्य संस्थानको कोठाभित्र शव फेला परेको हो । उहाँको पहिचान नखुलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

    हेटौँडा बजारमा प्लास्टिक बटुल्दै हिँड्ने उनी शनिवार बिहान मृत फेला परेका थिए । घटनास्थलबाट मुचुल्कापछि शव हेटौँडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर