• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    जसोदा चितवनबाट पक्राउ, लगियो खोटाङ


    २०८० कार्तिक १८, शनिबार

    २०८० कार्तिक १८, शनिबार

    काठमाडौं । प्रहरीले जसोदा पौडेल क्षेत्रीलाई सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ गरेको छ ।

    बुधबार जसोदा चितवनबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता तथा प्रहरी निरीक्षक बेनु कार्कीले बताएका छन् । उनलाई प्रहरीले बिहीबार खोटाङ लगेको छ ।

    जसोदाले लालुपाते सहकारी संस्था खोटाङको रकम अपचलन गरेको आरोप लागको छ । जसोदालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरीको टोली परिचालन भएको थियो । जसोदाले सहकारीको करीव ७० लाख रुपियाँ अपचलन गरेको आरोप लागेको छ ।

    यसअघि असोज १३ गते सुनिल जोशीलाई प्रहरीले श्रीमती रविना श्रेष्ठ जोशीसहित काठमाडौंबाट पक्राउ गरेको थियो । सुनिल जोशी सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशीका सहोदर भाइ हुन् ।

    बचतकर्ताले विक्रम संवत् २०७९ फागुन २ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए ।

    असोज १७ गते प्रबन्धक रुकु जोशीलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रबन्धक जोशी पनि काठमाडौंबाट पक्राउ परिसकेका छन् ।

    प्रहरीले सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई पनि पक्राउ गरेको छ ।

    अनुसन्धान गर्न उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रीतम श्रेष्ठ र लेखापाल सुमना राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर