Article Summary
- कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तीमा परेपछि नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने बताएको थियाे । अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री कमल शाहले गठबन्धन संस्कृतिविपरित आफूहरुसँग परामर्श नगरी मन्त्री चौधरीलाई बर्खास्त गरेको भन्दै आपत्ति जनाएकी थिइन् ।
कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।
प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तीमा परेपछि नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने बताएको थियाे ।
अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री कमल शाहले गठबन्धन संस्कृतिविपरित आफूहरुसँग परामर्श नगरी मन्त्री चौधरीलाई बर्खास्त गरेको भन्दै आपत्ति जनाएकी थिइन् ।