• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सरकार छोडने निर्णय गरेका छैनौंः झलनाथ खनाल


    २०८१ वैशाख ३१, सोमबार

    २०८१ वैशाख ३१, सोमबार

    काठमाडौं, वैशाख ३१ गते। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताउनुभएको छ।

    पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रश्तुत हुने दस्तावेजको छलफलका लागि सोमबार आयोजित पार्टीको पोलिटब्यूरो बैठकपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो।

    सम्मानित नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाडने कुरा उल्लेख नभएको स्पष्ट पार्नुभयो। उहाँले पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि भोलिबाट सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकमा थप छलफल हुने पनि बताउनुभयो। नेकपा एसले मंगलबारबाट ललितपुरको कान्तिपुर गार्डेनमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ। सम्मानित नेता खनालले दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुंगो लगाउने भयो।

    नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ। सोही महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको बारेमा छलफल गर्न आयोजना गरिएको पोलिटब्युरो  बैठक सोमबार सम्पन्न भएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर