• जेठ ४, २०८१ शुक्रबार
    17 May, 2024, Friday

    समानता र न्यायको सिद्धान्तमा हाम्रो पाटी अघि बढेको छ : अध्यक्ष नेपाल


    २०८१ वैशाख १९, बुधबार

    २०८१ वैशाख १९, बुधबार

    काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी समानता र न्यायको सिद्धान्तमा अघि बढेको बताउनु भएको छ ।

    आज पार्टीको १० औँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै नेपालले नेकपा एस पार्टी सुशासनको अभियानमा लागेको बताउनुभयो ।

    वामपन्थी एकता अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले जनताको विश्वास जितेमात्रै पार्टीप्रति विश्वास रहने बताउनु भयो । ‘पार्टी चाहे ठुलो या सानो होस, विचार सिद्धान्तलाई व्यवहारमा लागु गर्न सक्नु पर्छ ।’ उहाँले भन्नुभयो, हामी कसैलाई विभेद गर्दैनौँ, सबैलाई समान व्यवहार गर्छौ ।’ सुरुवाती क्षणमा भारतको विजेपी पार्टीमा ४ जना सदस्य रहेको उल्लेख गर्दै उहाँले पार्टीको सङ्गठन विस्तार एकै पटक सम्भव नहुने पनि बताउनुभयो । ‘ हामीले नबुझ्नेलाई बुझाउँदै जाने हो । जनताको घरदैलोमा गुनासा र पीडा समाधान गर्दै जाने हो ।’ उहाँले भन्नुभयो ।

    पार्टीले अब देशभरका ७५३ पालिका र सबै वडाहरूमा सङ्गठन विस्तार गर्न लागेको बताउनु भयो । उहाँले भ्रष्टाचार विरोधी अभियानमा लाग्न सबै नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । राजनीतिमा उतारचढाव भएपनि कहिल्यै विचलित हुन नहुने उहाँको भनाई थियो ।

    सो अवसरमा बोल्दै पार्टीका केन्द्रिय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले पार्टीको आगामी केन्द्रिय महाधिवेशनमा देशको कृषि , जल, पर्यटन उद्योगको विकासका लागि पार्टीले प्राथमिकतामा राख्ने बताउनु भयो । ‘बाटो र कार्यक्रम सही भए जनताको मन जित्न सकिन्छ उहाँले भन्नुभयो, हामी हाम्रो एजेण्डा लिएर जनता समक्ष जान्छौ र समस्या र गुनासा लिएर आउंँछौं ।’ पार्टीले स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति लिएको उल्लेख गर्दे वैदेशिक लगानी भित्र्याउन पनि पार्टीको पहल रहने बताउनु भयो ।

    कार्यक्रममा नेपाली काँग्रेस , चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी एमालेका चितवनका सचिव प्रकाश खनाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, चितवनका सचिव द्रोणबाबु शिवाकोटी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न प्रदेश, जिल्लाका समाजबादीका अध्यक्ष, प्रतिनिधि, जिल्लाका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रम समाजबादी चितवनका अध्यक्ष अरुणपीडित भण्डारीको अध्यक्षमा सम्पन्न भएको थियो । जिल्लाको अधिवेशन आज र भोली २० गतेसम्म चल्नेछ। अधिवेशनले समाजवादी पार्टीको नयाँ नेतृत्व चयन गर्दैछ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर