• वैशाख १७, २०८१ सोमबार
    29 Apr, 2024, Monday

    एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित


    २०८० चैत्र २६, सोमबार

    २०८० चैत्र २६, सोमबार

    काठमाण्डौ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

    अध्यक्षका अन्य तीन जना प्रत्यासीहरु चेतनाथ सञ्जेलले एक सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गर्नुभएको छ । यही चैत २३ गतेदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति नभएपछि आज निर्वाचन भएको हो ।

    त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत, उपसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित हुनुभएको छ ।

    उपाध्यक्षमा शाक्यले एक सय ७३ मत प्राप्त गर्नुभएको थियो । शाक्यका निकटतम् प्रतिद्वन्द्वी हरिगोविन्द श्रेष्ठले एक सय १५ मत प्राप्त गर्नुभयो । कूल चार सय ७८ मतदातामध्ये चार सय ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर