• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्छ : माधव नेपाल


    २०८० फागुण १७, बिहिबार

    २०८० फागुण १७, बिहिबार

    काठमाण्डौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दावी गर्नुभएको छ ।

    बिहिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहेपनि यसमा सहमति जुट्ने बताउनुभएको हो ।

    उहाँले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राख्नुभयो । उहाँले केहि समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गर्नुभयो । गठबन्धनभित्र दरार देखिए हल गरिने उहाँको भनाइ छ ।

    अध्यक्ष नेपाल भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुग्नुभएको हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर