• वैशाख १६, २०८१ आइतबार
    28 Apr, 2024, Sunday

    एनसेल काण्ड पुतलीको खेल जस्तो नबनोस् : सांसद केसी


    २०८० फागुण १४, सोमबार

    २०८० फागुण १४, सोमबार

    काठमाडौंः नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले एनसेल खरिद प्रकरणको विषयमा तयार रहेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । आज बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले एनसेल प्रकरणको छानबिनको कुराको सत्यतथ्य जनतालाई जानकारी दिन समेत माग गरेका छन् ।

    ‘नेपालकै इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको रुपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुुुत भइसकेको छ । यो प्रतिवेदनलाई केवल पुतलीको खेल जस्तै नाटक मन्चन गर्ने काम नहोस् । त्यसको वास्तविकता नेपाली जनताले थाहा पाउनुपर्छ । यो खर्बौँको भ्रष्टाचार काण्ड संसदमा जे हो त्यो संसद मार्फत जनतामा पुग्नुपर्छ र संसदले सामूहिक रुपमा त्यसको छलफल गर्नुपर्छ ।’

    त्यस्तै दुध किसानहरुले लामो समयदेखि आफ्नो भुक्तानी नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । त्यसैगरी मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानका लागि आग्रह गरेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर