• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


    २०८० फागुण ११, शुक्रबार

    २०८० फागुण ११, शुक्रबार

    काठमाडौंः आजका लागि तय गरिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

    आजका लागि बैठक डाकिएकोमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण बैठक स्थगित भएको हो ।

    स्थगित बैठक फागुन १३ गते आइतबार बिहान ११ः०० बजे बस्ने सचिव देवेन्द्र पौडेलले   जानकारी दिनुभयो ।

    केन्द्रिय समिति बैठकमा पार्टीको यसअघिको विशेष अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्य विभाजन लगायतका एजेन्डामा छलफल गर्ने तय गरिएको थियो । बैठकमा चैत–वैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्य विभाजन गर्ने एजेण्डा समेत थियो ।

    बिहीबार बसेको केन्द्रिय समिति बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर