• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    अधिवेशनको माग गर्दै नेविसंघ अध्यक्षलाई केन्द्रीय सदस्यहरूले बुझाए ध्यानाकर्षणपत्र


    २०८० पुष १०, मंगलबार

    २०८० पुष १०, मंगलबार

    काठमाडौँः नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई १२ औँ अधिवेशन गर्न माग गर्दै केन्द्रीय सदस्यहरूले ध्यानाकर्षण गराएका छन् ।

    नेविसंघका केन्द्रीय सदस्य डा. नरेश भट्ट, आदर्श मल्ल लगायतले मंगलबार शेर्पालाई नेविसंघ १२ औँ अधिवेशन सुनिश्चित गर्न र तत्काल केन्द्रीय समितिको बैठक राख्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    लामो समयदेखि नेविसंघको अधिवेशन हुन नसकेको र पछिल्लो समय केन्द्रीय समितिको बैठकसमेत नराखेको भन्दै केन्द्रीय सदस्यहरू असन्तुष्ट छन् । तदर्थ समिति विस्तार गरेको लामो समय भइसक्दा समेत नेविसंघको पूर्ण केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन ।

    केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिको पूर्ण बैठक तत्काल बोलाउन आह्वान गरेका छन् । उनीहरूले केन्द्रीय समिति बैठक महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गर्न र संगठनको भविष्यलाई आकार दिन आवश्यक रहेको भन्दै बैठक माग गरेका छन् ।

    त्यस्तै, केन्द्रीय कमिटीको बृहत् बैठकबाट विधानमा आवश्यक परिमार्जन कार्यान्वयन गर्न माग गरिएको छ । ध्यानाकर्षण पत्रमा प्रतिनिधि छनोट, अधिवेशन आयोजक समितिको गठन र अधिवेशनको पूर्ण कार्यतालिकाको सार्वजनिक गर्नुपर्ने लगायतका माग अध्यक्ष शेर्पासमक्ष राखिएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर