• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    नेपाल समृद्ध बनाउन एकल बहुमत सरकार चाहिन्छ : केपी ओली


    २०८० मंसिर १७, आइतबार

    २०८० मंसिर १७, आइतबार

    काठमाण्डौंः नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक भएको बताउनुभएको छ । पार्टीको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत दैलेखको राकममा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    एमाले सरकारमा छँदा गरिबी घटेको, रोजगारी बढेको र युवाहरु बाहिर जानेक्रम घटेको दाबी गर्दै उहाँले भन्नुभयो, “एमालेलाई सरकारबाट हटाइएको अढाइ वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आएको छ, अराजकता छाएको छ । अर्थतन्त्र कमजोर बनेको छ र गरिबी, महंगी, युवाहरु विदेशिनु पर्ने अवस्था सिर्जना भएको छ ।” उहाँले प्रतिगमनतिर फर्किने कुरा गर्नेहरु लोकतन्त्रबिरोधी भएको पनि बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘आज कोही प्रतिगमनतिर फर्किने कुरा गर्दैछन्, त्यो देशद्रोही कुरा हो । लोकतन्त्रबिरोधी त हुँदै हो, त्यो जनतालाई गरिव राख्न खोज्ने कुरा हो । आज लोकतान्त्रिक गणतन्त्रबिरुद्ध कसैले बोल्छ भने सोच्छ भने त्यो नेपाल र नेपालीका हितमा बोलिरहेको छैन, सोचिरहेको छैन ।’

    एमालेलाई सत्ताबाट हटाएको अढाई वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आयो, अराजकता छायो, अनेक प्रकारका खराबी छाएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “यो अवधिमा अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो, महंगी बढ्यो ।” एमाले सरकारमा छँदा गरिबी घटेको उहाँले दावी गर्नुभयो । देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार अनिवार्य रहेको उहाँको भनाइ छ । जनता अहिलेको गठबन्धन सरसकारबाट वाक्क र दिक्क भइसकेको उहाँले टिप्पणी गर्नुभयो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर