• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने कांग्रेसको तयारी


    २०८० मंसिर ४, सोमबार

    २०८० मंसिर ४, सोमबार

    काठमाण्डौंः सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले सरकारको प्रभावकारीताका विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने भएको छ ।

    सोमबार बसेको पदाधिकारी बैठकले सरकारको कामकारबाहीको समीक्षा गर्ने गरि केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । बैठक बोलाउने निर्णय गरिएपनि मिति भने तय गरिएको छैन ।

    ‘केही दिन भित्रमा पार्टीका पदाधिकारी, नेताहरु, कार्यसम्पादन समितिका सदस्य र सरकारका मन्त्रीहरुका विचमा सरकारका काममा केन्द्रीत भएर बैठक गर्ने कुरा भएको छ,’ महामन्त्री थापाले भने,‘एउटा केन्द्रीय समिति र संसदीय दलको बैठक पनि सरकारकै विषयमा मात्रै केन्द्रित भएर छलफल गर्ने कुरा भएको छ ।’

    सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान पदाधिकारी बैठक बसेको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर