• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    विशेष अभियान सञ्चालन गर्न केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको निर्णय


    २०८० कार्तिक २२, बुधबार

    २०८० कार्तिक २२, बुधबार

    काठमाडौंः नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

    केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले मध्यपहाडी-पुष्पलाल लोकमार्गकेन्द्रित विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

    यो अभियान तीन साता चल्नेछ। अभियानको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्।

    अभियान तयारीका लागि मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर