• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    शिक्षा विधेयक संशोधन गर्न सहयोग गर्ने कांग्रेसको निर्णय


    २०८० असोज ५, शुक्रबार

    २०८० असोज ५, शुक्रबार

    काठमाडौंः नेपाली कांग्रेसले संसद्‌मा दर्ता शिक्षा विधेयक आवश्यकताअनुसार संशोधन गर्न सहयोग गर्ने निर्णय गरेको छ ।

    पार्टी कार्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकले आन्दोलनरत शिक्षकका माग संशोधन गर्न संसद्‌मा दर्ता विधेयक संशोधन गर्न सहयोग गर्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जनाए ।

    केन्द्रीय समिति बैठकमा निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने आवाज पनि उठेको छ । बैठकमा आफ्नो धारणा राख्दै सदस्यहरुले अहिलेको निर्वाचन प्रणालीले स्थिर सरकार बन्न नसक्ने जिकिर गरेका छन् । मंसिरमा हुने महासमिति बैठकबाट निर्वाचन प्रणालीबारे छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने धारणा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेललगायतले राखे ।

    बैठकमा केन्द्रीय सदस्यहरुले सरकार सञ्चालन, शान्ति सुरक्षा र पार्टीको आन्तरिक विषयमा असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री र गृहमन्त्री माओवादी केन्द्रका भए पनि भ्रष्टाचार नियन्त्रण गर्न नसक्नुको दोष कांग्रेसले लिनु परेको उनीहरुको गुनासो छ ।

    केन्द्रीय सदस्यहरुले मंसिरमा हुने महासमिति बैठक काठमाडौं बाहिर गर्नसमेत सुझाव दिएका छन् । सदस्यहरुले भ्रातृ संस्थाहरुको अधिवेशनको मिति केन्द्रले तोक्नसमेत माग गरेका छन् । बैठक आइतबार पुन: बस्नेछ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर