• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    बागमती प्रदेशका विषयगत समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ


    २०८१ जेठ ७, सोमबार

    २०८१ जेठ ७, सोमबार

    मकवानपुर । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाअन्तर्गत रहेका विषयगत समितिका नवनिर्वाचित सभापतिलाई आज एक समारोहबीच पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

    प्रदेशसभा नियमावली २०७४ अनुसार अब विषयगत छ समिति रहने व्यवस्था गरिएको छ । उक्त विषयगत समितिअन्तर्गत पर्ने प्रदेश मामिला समितिको सभापतिमा छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिको सभापतिमा श्रीराम लामिछाने र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा ठाकुरप्रसाद ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

    यसैगरी, अर्थ तथा विकास समितिको सभापतिमा नुर बज्राचार्य, उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समितिको सभापतिमा मायादेवी शर्मा पनि निर्विरोध निर्वाचित हुनुभयो ।

    प्रदेशसभाको पहिलो कार्यकालअन्तर्गत विषयगत पाँच समिति रहेकामा हाल सर्वदलीय संयुक्त बैठकको निर्णय भएअनुसार विशेषाधिकार समिति गठन गरिएको र त्यसलाई प्रदेशसभाको बैठकले स्वीकृत प्रदान गरेको थियो ।

    प्रदेशसभाको बैठकले स्वीकृति प्रदान गरेअनुसार विशेषाधिकार समितिले पनि स्थायित्व प्रदान गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक मधुसूदन पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता उद्धव थापाले राससलाई जानकारी दिनुभयो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर