• माघ १३, २०८१ आइतबार
    26 Jan, 2025, Sunday

    दुई बाहिनी अड्डामा सञ्चालन भएको सैन्य आधार तालिमको दिक्षान्त समारोह सम्पन्न


    २०८१ असार २७, बुधबार
    दुई बाहिनी अड्डामा सञ्चालन भएको सैन्य आधार तालिमको दिक्षान्त समारोह सम्पन्न

    २०८१ असार २७, बुधबार

    काठमाण्डौं, २६ असार । २ नं बाहिनी अड्डा हिले धनकुटामा  सञ्चालन भएको सि.सं. ११ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज (दिक्षान्त समारोह) सम्पन्न भएको छ । दुई नम्बर बाहिनिका बाहिनिपति सहायकरथी रामकाजी थापाले  तालिममा सहभागी २ सय ४ जना सैन्य तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरूलाई बधाई तथा शुभकामना दिनुका साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण गर्नुभएको थियो ।

    प्रमुखअतिथि वाहिनीपति थापाले उक्त तालिमका शिक्षार्थी सैन्यद्वारा प्रदर्शन भएको अन्तिम दलेल कवाजको निरीक्षण गर्नु भई दिक्षित भएका पुरुष (एक सय दुई) र महिला (एक सय दुई) गरी जम्मा (दुई सय चार) जना नवनियुक्त तालिमे सिपाहीहरुलाई शुभकामना मन्तब्य दिनु भएको थियो ।

    राष्ट्रियता, राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा सुरक्षा र राष्ट्रवासीको हक हित र अधिकारको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको प्रमुख दायित्व तथा भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीहरूलाई कुशलतापूर्वक सामना गर्नसक्ने दक्ष पेशेवर सिपाही तयार गर्ने उद्देश्यका साथ करिब ११ महिने तालिम सञ्चालन गरेको नम्बर २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रामकाजी थापाले बताउनुभयो ।

    करिब ११ महिना अवधिको सैन्य आधार तालिममा शिक्षार्थी सैन्य जवानहरुले सैनिक पेशागत सम्बन्धी सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान हाँसिल गरेको कुरालाई जोड दिदैं प्रमुख अतिथि थापाले मन्तव्यको क्रममा नेपाली सेनाको गौरवमय ईतिहास र सैनिक मूल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै आफ्नो हित भन्दा अगाडि नेपाल र नेपाली जनताको सेवामा समर्पित हुन प्रेरणा दिनुका साथै, आफ्ना सन्ततीलाई नेपाली सेनाको सिपाही भई राष्ट्र सेवामा लाग्न हौसला दिनु भएकोमा तालिमे सिपाहीका अभिभावकलाई समेत विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    साथै उहाँले तालिम पश्चात् राष्ट्र, जनता र संस्थाप्रति समर्पित भएर लाग्न निर्देशन दिर्दै नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालन गर्दै जस्तोसुकै परिस्थितिमा पनि राष्ट्र, नेपाली जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभयो । “माटोले माग्दैन, आफैँले दिनुपर्छ,”उहाँले भन्नुभयो । नेपाली सेनाको छवि उच्च राख्न सैनिक मर्यादामारहि काम गर्न निर्देशन दिर्दैै सिपाही बलियो भए मात्रै सेना बलियो हुने र सेना बलियो भयो भने मात्रै देश बलियो हुने उहाँको भनाइ छ । भविष्यमा आइपर्ने कुनैपनि चुनौतीलाई जित्न शारीरिक, मानसिक र नैतिक साहस तालिमको दौरान प्रदान गरिएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    सैन्य आधार तालिममा सर्वोत्कृष्ट हुने सैन्य दिनेश अधिकारी तथा महिला तर्फ प्रथम हुने सैन्य चन्द्र कुमारी राई लगायत अन्य विभिन्न विधाहरुमा प्रथम हुने सैन्यहरुलाई प्रमुख अथितिले पुरस्कार वितरण गर्नु भएको थियो ।

    उक्त दिक्षान्त समारोहमा जिल्ला समन्वय समिति, धनकुटाका प्रमुख निरेन तामाङ्ग, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, जिल्ला अदालत धनकुटाका जिल्ला न्यायाधिश नारायण प्रसाद पराजुली लगायत जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, समाजसेवी, पत्रकार, अन्य अतिथि तथा नवनियुक्त तालिमे सिपाहीका अभिभावक एवं आफन्तजन र उक्त वाहिनी अड्डाका सकलदर्जा गरी करिब ठछण् जनाको उपस्थिति रहेको थियो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर