• वैशाख १७, २०८१ सोमबार
    29 Apr, 2024, Monday

    रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण भ्रमण


    २०८१ वैशाख ३, सोमबार

    २०८१ वैशाख ३, सोमबार

    काठमाण्डौंः रक्षामन्त्री हरि प्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ-तराई-मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।

    सोमबार निरीक्षण भ्रमणको क्रममा मन्त्री उप्रेतीले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार, धेत्रे, लेनडाँडा र निजगढ इलाकामा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण तथा अनुगमन गरेका थिए ।

    भ्रमणदलमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाह, सार्वजनिक लेखा समितिका सदस्य अच्युत प्रसाद मैनाली, पूर्वाधार विकास समितिका सदस्य राजकुमार गुप्ता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य कृष्णकुमार श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, बलाधिकृत रथी लगायत आयोजनाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर