• वैशाख २७, २०८१ बिहिबार
    09 May, 2024, Thursday

    राससले अवधी भाषामा समाचार सुरु गर्ने


    २०८० पुष ८, आइतबार

    २०८० पुष ८, आइतबार

    काठमाण्डौंः राष्ट्रिय समाचार समिति (रासस)ले अवधी भाषामा समाचार सेवा सुरुआत गर्ने भएको छ । यसका लागि राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग सम्झौता गरेको छ ।

    राससका प्रशासन प्रमुख शीतलप्रसाद महतो र उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सम्झौतापत्रमा आज हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार राससले हप्ताको छ दिन अवधी भाषामा समाचार सम्प्रेषण गर्नेछ । यसबाट अवधी भाषाका सञ्चारमाध्यम र भाषाभाषी लाभान्वित हुने विश्वास गरिइएको छ ।

    लुम्बिनी प्रदेशअन्र्तगतका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधीभाषी समुदायको बाहुल्य रहेको र उनीहरुको मातृभाषालाई संरक्षण र सम्वर्द्धन गर्न सो सेवा प्रभावकारी हुने राससले विश्वास लिएको छ ।

    बाँके जिल्ला अवधी भाषीको बाहुल्य क्षेत्र भएको र यस उपमहानगरपालिकामा रहेका सञ्चारमाध्यममार्फत समुदायको सशक्तिकरण हुने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

    सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस सेवाबाट टेवा पुग्ने उल्लेख गर्नुभयो । राससका प्रशासन प्रमुख महतोले यो सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले सहयोग गरेकामा धन्यवाद दिनुभयो । तत्काल यो सेवाको शुभारम्भ गरिने उहाँले जानकारी दिनुभयो । रासस

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर