• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    भूकम्प प्रभावितलाई विकोल क्लिनिकको मल्हम


    २०८० मंसिर २२, शुक्रबार

    २०८० मंसिर २२, शुक्रबार

    काठमाडौँ –  गत कात्तिकमा गएको विनाशकारी भूकम्पमा परी अधिकांश घरहरुमा क्षति पुगेको थियो । सो क्षेत्रमा राहतको लागि नेपाल सरकारले तत्काल उद्धार तथा राहतको व्यवस्थापनमा जुटेको थियो । यससँगै विभिन्न संघसंस्था, सहयोगी दाता लगायत विभिन्न क्षेत्रबाट सहयोगहरू जुट्न थालेका थिए ।

    भुकम्प प्रभावित वस्तीहरुमा केही मल्हम लगाउने उद्धेश्यले Bicol Clinic foundation USA ले केही नगद र न्यानो ब्लाङ्केट उपलब्ध गराएको छ ।

    जिल्ला प्रशासन कार्यालय, जाजरकोटको खातामा रु. १,९५,१६६।- (अक्षरुपी एक लाख पन्चानब्बे हजार एक सय छैसठ्ठी रूपैंया) जम्मा गरेको छ भने जाडोमा न्यानोको लागि २,००,०००/- बराबरको ९० थान ब्लाङ्केट बाराकोट गाउँपालिका वडा नं. २, लिम्सा, जाजरकोटमा वितरण गरेको छ ।

    उक्त राहत सहयोग बिकोल क्लिनिक फाउण्डेशन, USA का president Dr. Michell Schuster, Miriam Schuster र Executive Director Jessica Schuster ले उपलब्ध गराएका थिए भने प्राप्त सामाग्री भूकम्प प्रभावित श्रेत्रमा वितरण गर्न नेपालबाट डा. नारायण मलहोत्रा, सुशिल अधिकारी र रामेश्वर श्रेष्ठले सहयोग गरेका थिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर