• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान


    २०८० असोज ७, आइतबार

    २०८० असोज ७, आइतबार

    काठमाण्डौंः प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।

    नयाँ दिल्लीमा आयोजना हुने इन्डो प्यासिफिक क्षेत्रका सेनापतिहरूको सम्मेलनमा सहभागी हुन सेनापति शर्मा आज आइतवार भारत प्रस्थान गर्नुभएको नेपाली सेनाले जनाएको छ ।

    प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गर्नुभएको थियो । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    भारत प्रस्थान गर्नुअघि आजै प्रधानसेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । शर्माको अनुपस्थितिमा बलाधिकृत रथी राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।

    सम्मेलन भोलि सोमवारदेखी १० गतेसम्म भारतको नयाँ दिल्लीमा हुनेछ । सम्मेलनमा ३० वटा देशका सेनापतिको सहभागिता रहनेछ । भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते स्वदेश फर्कनु हुनेछ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर