• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    ललिता निवासका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको सात दिने अल्टिमेटम


    २०८० असार १७, आइतबार

    २०८० असार १७, आइतबार

    काठमाडौंः काठमाडौं महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन सात दिने अल्टिमेटम दिएको हो ।

    सात दिनको समय दिँदै सूचना टाँसेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी पालिकाको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने उनले बताए । ललिता निवास क्षेत्रलाई घेराबारका लागि पनि महानगरको प्राविधिक टोलीले तयारी गरिरहेको उनले बताए ।

    ललिता निवासको जग्गामा अहिले झण्डै २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर