• जेठ ५, २०८१ शनिबार
    18 May, 2024, Saturday

    मन्त्री सिंहको शोकमा नेपाली कांग्रेस सुदूरपश्चिमले तीन दिन पार्टी झण्डा आधा झुकाउने


    २०८० असार ६, बुधबार

    २०८० असार ६, बुधबार

    काठमाण्डौः सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा कांग्रेस सुदूरपश्चिमले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

    नेपाली कांग्रेस सुदूरपश्चिम कार्यसमितिको कार्यालयले शोक वक्तव्य जारी गर्दै नेपाली कांग्रेस बझाङ जिल्लाका पूर्व पार्टी सभापति समेत रहेका सिंहको शोकमा प्रदेशमा तीन दिन पार्टीको झण्डा आधा झुकाउन निर्देशन दिइएको छ ।

    सुदूरपश्चिम प्रदेशका सभापति बीर बहादुर बलायरद्धारा जारी शोक बक्तव्यमा प्रदेशभर तीन दिन शोकको रुपमा पार्टीका कुनै पनि कार्यक्रम नगर्न समेत भनिएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर