• वैशाख २५, २०८१ मंगलबार
    07 May, 2024, Tuesday

    कसरी जाने क्यानडा, भिसाका लागि के-के प्रकिया गर्नुपर्छ ?


    २०८० कार्तिक २०, सोमबार

    २०८० कार्तिक २०, सोमबार

    काठमाडौं। क्यानडा जान चाहने नेपालीहरुको संख्या बढ्दो छ। क्यानडा नेपालीहरुका लागि  सपनाको संसार भन्दा कम्ता छैन।

    पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली विद्यार्थीहरुको चासो पनि बढीरहेको देखिन्छ ।

    काम गर्न, पढ्न तथा घुम्नका लागि क्यानडामा वर्षेनी विश्वका लाखौं मानिस जान्छन् । तर नेपालीहरुका लागि क्यानडा जान त्यति सहज छैन । विभिन्न मापदण्ड तथा प्रक्रियाहरु पूरा गर्नै पर्छ । यस्ता प्रक्रिया पूरा गर्दा क्यानडाले सहजै रुपमा नेपालीहरुलाई भिसा दिने गरेको छ ।

    के छ क्यानडामा?

    क्यानडा एउटा विकसित देश हो । अध्ययन गर्न जाने विद्यार्थीको लागि विश्वविद्यालयह, कलेज, र अन्य शैक्षिक संस्थानहरू पनि त्यतिकै राम्रा छन् जसमा विद्यार्थीहरूले विभिन्न पाठ्यक्रमहरू पढ्न सक्छन्। भने यसमा परिवारको लागि सामाजिक सुरक्षा सम्बन्धी सेवा पनि उत्तिक्कै राम्रो छ ।

    विद्यार्थी भिषामा नेपाली युवाहरु पनि  क्यानडा जाने गरेका छन् । त्यहाँ पढ्न र काम गर्न अनुकुल छ । एक वा डेढ वर्ष अध्ययन गरिसकेपछि पोस्ट ग्राजुएट वर्क पर्मिट पाइन्छ ।

    त्यहाँ एक बर्ष पढेपछि अर्को एक वर्ष वर्क परमिट पाइन्छ । त्यस्तै दुई वर्षसम्म काम गरिसकेपछि त्यहाँ पर्मानेन्ट रेसिडेन्ट (स्थायी बसोबास)का लागि आवेदन दिन सकिन्छ । यसरी दुई चार बर्ष बसेर काम गरिसकेपछि त्यही स्थायी बसोबासको बन्दोबस्ती मिलाउन सकिन्छ । त्यहाँको स्थायी बासिन्दा भएपछि भोट हाल्नबाहेक अरु सबै सेवासुविधा, अधिकार उपभोग गर्न पाइन्छ ।

    जस्तो स्थायी बसोबासको अनुमतिपत्र भएपछि कलेज पढ्दा आफ्नै खल्तीको पैसा झिक्नुपर्दैन । सरकारले लोन र अरु सुविधा दिन्छ । पढ्नका लागि लिइएको ऋण तुरुन्तै भुक्तानी गर्नुपर्ने बाध्यता छैन । आफूले काम गरेर कमाउन सुरु गरेपछि तिर्ने हो ।

    नेपालीहरूले कस्तो भिसामा क्यानडा जान पाउँछन् ?

    नेपाली व्यक्तिहरूले आफ्नो भ्रमणको उद्देश्यका आधारमा क्यानडा भ्रमण गर्न विभिन्न प्रकारका भिसाका लागि आवेदन दिन सक्छन्। नेपालीहरूले आवेदन दिन सक्ने केही सामान्य प्रकारका भिसाहरू निम्न रहेका छन्:

    अस्थायी निवासी भिसा (Visitor Visa), : यो भिसा पर्यटन, परिवार वा साथीभाइ भेट्न वा अन्य छोटो अवधिको बसाइको लागि क्यानाडा भ्रमण गर्न चाहने व्यक्तिहरूको लागि हो।

    अध्ययन अनुमति (Study Permit): नेपाली विद्यार्थीहरूले क्यानाडामा तोकिएको सिकाइ संस्थाले स्वीकृत गरेको खण्डमा अध्ययन अनुमतिको लागि आवेदन दिन सक्छन्। यो अनुमतिले उनीहरूलाई उनीहरूको कार्यक्रमको अवधिको लागि तोकिएको संस्थामा अध्ययन गर्न अनुमति दिन्छ।

    श्रम स्वीकृति (Work Permit): नेपाली व्यक्तिहरूले क्यानाडाली रोजगारदाताबाट कामको प्रस्ताव राखेका खण्डमा श्रम स्वीकृतिको लागि आवेदन दिन सक्छन्। वर्क परमिटले उनीहरूलाई अनुमतिका सर्तहरूको आधारमा निश्चित अवधिको लागि क्यानाडामा काम गर्न अनुमति दिन्छ।

    स्थायी बासिन्दा भिसा (Permanent Resident Visa): नेपाली व्यक्तिहरूले विभिन्न कार्यक्रमहरू, जस्तै एक्सप्रेस एन्ट्री कार्यक्रम, प्रान्तीय मनोनीत कार्यक्रम, पारिवारिक प्रायोजन, वा क्यानेडियन अनुभव कक्षा मार्फत स्थायी बसोबासको लागि आवेदन दिन सक्छन्।

    नेपालीहरूले क्यानाडामा भिसाका लागि आवेदन प्रकिया:

    नेपालीहरूले क्यानाडामा भिसाका लागी निम्न विधि अनुसार आवेदन दिन सकिन्छः

    भिसाको छनोटः-

    कुन उद्देश्यका लागि क्यानडा प्रस्थान गर्ने सोच छ त्यस प्रकारको भिसा छान्नुपर्दछ। जस्तैः- अस्थायी निवासी भिसा (Visitor Visa), अध्ययन अनुमति (Study Permit), श्रम स्वीकृति (Work Permit) र अन्य ।

    आवश्यक कागजातहरू:

    भिसाको छनोट गरिसके पछि भिसाको प्रकार अनुसार आवश्यक कागजातहरू जुटाउनु पर्दछ । जस्तैः- मान्य पासपोर्ट, फोटो, आर्थिक प्रमाण, यात्रा योजना, आमन्त्रण पत्र (यदि उपयोगी हो), र अन्य सहायक कागजातहरू समावेश गर्नु पर्दछ।

    अनलाइन खाता

    क्यानडा सरकारको ‘इमिग्रेसन, रिफुजीज, र सिटिजनशिप क्यानाडा’ (IRCC) को आधिकारिक वेबसाइटमा गएर अनलाइन खाता खोल्नुपर्दछ। यो खाता तपाईंको आवेदन सबमिट गर्न र त्यसको प्रगति ट्र्याक गर्नको लागि प्रयोग गरिनेछ।

    आवेदन फारम 

    क्यानडा सरकारको ‘इमिग्रेसन, रिफुजीज, र सिटिजनशिप क्यानाडा’ (IRCC) मा अनलाइन खाता खोलेपछि आफ्नो भिसा अनुसारको pdf फारम डाउलोड गरि सम्पूर्ण आवश्यक जानकारी सहित फारम भरिसकेपछि आवश्यक कागजात सहित आवेदन अपलोड गर्नुपर्दछ ।

    आवेदन शुल्क भुक्तानी:-

    भिसाको फारम भरिसके पछि भिसाको लागि लाग्ने आवेदन शुल्क देखाउछ उक्त शुल्क भुक्तानी गर्नुपर्दछ, जुन आवेदन शुल्क भिसाको प्रकार अनुसार फरक फरक हुन्छ।

    आवेदन सबमिट:-

    आवेदन प्रक्रिया पूरा गरी शुल्क भुक्तानी गरिससके पछि आफ्नो खाता बाट आफ्नो आवेदन अनलाइनमा सबमिट गर्नुपर्दछ।

    बायोमेट्रिक्स:-

    भिसाको आवेदन फारम प्रक्रिया पुरा गरि सके पछि बायोमेट्रिक्स (औंला र फोटो) को लागि भिसा आवेदन केन्द्रमा फारम पेश गरी तोकिएको दिन बायोमेट्रिक्स (औंला र फोटो) को लागी उपस्थित हुनुपर्दछ ।

    अन्तर्वार्ता (यदि आवश्यक हो भने):-

    यदि अध्ययन अनुमति र श्रम स्वीकृति जस्ता केही भिसाहरूमा नेपालको क्यानाडियन दूतावास वा भिसा आवेदन केन्द्रमा अन्तर्वार्ता दिनु पर्न सक्छ।

    प्रक्रियाको प्रतिक्षा:-

    भिसा आवेदको सम्पुर्ण प्रक्रियाहरू पुरा गरिसके पछि निर्णय आउन लाग्ने समयको प्रतीक्षा गर्नुपर्दछ, जुन भिसाको प्रकार अनुसार निर्णय आउन लाग्ने समय भिन्न भिन्नै हुन्छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर