• वैशाख २३, २०८१ आइतबार
    05 May, 2024, Sunday

    क्यानडामा नेपाली विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने


    २०८० मंसिर २६, मंगलबार

    २०८० मंसिर २६, मंगलबार

    काठमाडौँ- क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् ।

    क्यानडा सरकारले विद्यार्थीहरूले यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुविधालाई बढाएर फुल टाइम अर्थात बढीमा ४० घण्टा काम गर्न पाउने बनाएको छ ।

    यो सुविधा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवेदन दिएका विद्यार्थीहरूका लागि मात्र लागु हुने छ ।

    विदेशबाट अध्ययन गर्न क्यानडा गएका विद्यार्थीहरूले थप चार महिना अर्थात अप्रिल २०२४ सम्म २० घण्टाभन्दा धेरै समय काम गर्न सक्ने सरकारले घोषणा गरेको छ ।

    क्यानडाका अध्यागमन, शरणार्थी र नागरिकतासम्बन्धी मन्त्री मार्क मिलरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सत्र चलिरहेको अवस्थामा पनि प्रतिहप्ता २० घण्टाभन्दा बढी काम गर्न अनुमति दिने जनाइएको छ ।

    क्यानडाको अध्यागमन मन्त्री मन्त्री बनेसँगै क्यानडामा आप्रवासी भित्र्याउने कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गरिँदै आएको मानिन्छ । गत वर्षको नोभेम्बर १५ देखि दिइएको यस्तो अनुमति यही डिसेम्बर ३१ देखि समाप्त हुने छ ।

    अध्यागमन मन्त्री मार्क मिलरले जनवरी २०२४ बाट लागू हुने गरी अध्ययन अनुमतिका लागि आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले वार्षिक २० हजार ६३५ क्यानडियन डलर बराबरको पैसा बस्न तथा खानका लागि विनियोजन गर्न सिफारिस गरेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर