• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    ५ वटा जीवन बीमा कम्पनीको झण्डै ४ अर्ब बराबरको आईपीओ आउँदै


    २०७८ मंसिर ८, बुधबार

    २०७८ मंसिर ८, बुधबार

    काठमाडौंः नयाँ ५ वटा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ८२ करोड बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेका छन् । पछिल्लो समय एक साथ लाईसेन्स पाएका १० वटा नयाँ जीवन बीमा कम्पनी मध्ये ५ वटा कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी गरेका हुन् ।

    सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेकोले ७५ करोड रूपैयाँको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । तर आईपीओ निष्काशनपछि भने कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्ने भएको छ ।

    रिलायबल नेपाल इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ मा आईपीओ निष्काशनको प्रस्ताव गरेको हो । यसो हुँदा कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।

    त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्सले भने ६० करोड बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रूपैयाँ पुग्नेछ । कम्पनीले आईपीओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

    हाल सन नेपाल लाइफले पनि प्रिमियममा आईपीओ निष्काशन गर्ने घोषणा गरिसकेको छ । तर कम्पनीले बोर्डमा आवेदन भने दिईसकेको छैन । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । महालक्ष्मी लाइफले पनि ६० लाख कित्ता नै आईपिओ निष्काशन गर्ने छ । यस कम्पनीले पनि बोर्डमा आवेदन दिएको छैन । आईपीओ निष्काशनपछि यी दुवै कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ । हरियाली नेपालबाट

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर