• फागुण ५, २०८१ सोमबार
    17 Feb, 2025, Monday

    एसइई पूरक ग्रेडवृद्धिका लागि १० परीक्षा केन्द्र ताेकियाे


    २०८१ श्रावण ११, शुक्रबार
    एसइई पूरक ग्रेडवृद्धिका लागि १० परीक्षा केन्द्र ताेकियाे

    २०८१ श्रावण ११, शुक्रबार

    इनरुवा, साउन ११ गते । सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि दश वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न जिल्लाका विभिन्न ८ स्थानीय तहमा १० विद्यालयलाई परीक्षा केन्द्र तोकिएको हो ।

    धरान र इटहरी उपमहानगरपालिकामा विधार्थीको सङ्ख्याको आधारमा दुई÷दुई वटा परीक्षा केन्द्र, इनरुवा, दुहवी, रामधुनी र वराहक्षेत्र नगरपालिकामा एक÷एक वटा परीक्षा केन्द्र तोकिएको छ । गाउँपालिकातर्फ हरिनगरमा एउटा परीक्षा केन्द्र तोकिएको छ ।

    शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख खगेन्द्र सुवेदीका अनुसार सदरमुकामस्थित इनरुवा नगरपालिकाको शारदा माध्यमिक विद्यालय, दुहवीको सरस्वती माध्यमिक विद्यालय, इटहरी उपमहानगरपालिकाको जनता मावि र ज्योति मावि, धरानको पब्लिक हाइस्कूलसहित दुई, हरिनगर गाउँपालिकाको हरिनगारा मावि, रामधुनीको भासि मावि  र वराहक्षेत्र नगरपालिका ११ मधुवनको जनता मावि गरी दश वटा परीक्षा केन्द्र तोकिएको छ ।

    उक्त १० वटा परीक्षा केन्द्रमार्फत ग्रेडवृद्धि परीक्षामा पाँच हजार ४०० जना परीक्षार्थी सामेल हुने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार साधारणतर्फ र प्राविधिक धारतर्फका गरी सो सङ्ख्यामा परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा साहभागी हुँदैछन् ।

    परीक्षामध्ये सबैभन्दा बढी गणित विषयमा एकै दिन तीन हजार ४०० परीक्षार्थी सामेल हुनेछन् भने अन्य दिनमा सोभन्दा कम विद्यार्थी परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षार्थीको सुविधालाई ध्यानमा राखेर परीक्षा केन्द्र तोकिएको छ । गोरखापत्र

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर