• वैशाख २३, २०८१ आइतबार
    05 May, 2024, Sunday

    श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु


    २०७९ मंसिर २९, बिहिबार

    २०७९ मंसिर २९, बिहिबार

    तनहुँमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मनबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बुधबार राति साढे ९ बजे श्रीमती ३६ वर्षीया सुशीला बिकले मादक पदार्थ सेवन गरी घरायसी कुरामा विवाद हुँदा ढुङ्गा प्रहार गर्दा श्रीमान मनबहादुरको मृत्यु भएको जानकारी दिनुभयो ।

    प्रनाउ खड्काका अनुसार ढुङ्गा प्रहारबाट गम्भीर घाइते हुनुभएका मनबहादुरको उपचारको क्रममा बुधबार राति ११ बजे तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो ।

    घटनामा संलग्न श्रीमती सुशीलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर