काठमाडौंः राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी बिबाहको बिपक्षमा उभिएका छन् ।
सर्वोच्च अदालतले समलिङ्गी बिबाहलाई अस्थायी मान्यता दिएको भोलीपल्ट सार्वजनिक प्रतिक्रियामार्फत थापा बिपक्षीमा देखिएका हुन ।
‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ, समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ।विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो,’ उनले भनेका छन, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’
समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ।
समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ।विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो।
समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।— Kamal Thapa (@KTnepal) June 29, 2023