• माघ १३, २०८१ आइतबार
    26 Jan, 2025, Sunday

    सुरक्षाकर्मी बाहेक सरकारी सेवा सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा


    २०७८ श्रावण १८, सोमबार
    सुरक्षाकर्मी बाहेक सरकारी सेवा सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

    २०७८ श्रावण १८, सोमबार

    काठमाडौंः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।

    सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले पदमा बहाल रहँदा कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन्।

    १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

    व्यापारिक पृष्ठभूमिका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि आलोचना भएको थियो। उनले आफ्नो १०० दिने कार्ययोजना पनि सार्वजनिक गरेका छन्।

    उनले राज्यमन्त्रीमा बहाल रहँदासम्म आफ्ना कुनै पनि व्यापार व्यवसायकाे कार्यकारी पदमा पनि नरहने घाेषणा गरेका छन् । मन्त्री पदमा रहँदासम्म संलग्न व्यापार व्यवसायका विभिन्न पद त्याग गरेको घोषणा उनले गरेका हुन्।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर