• बैसाख १५, २०८२ सोमबार
    28 Apr, 2025, Monday

    ललितपुरको झम्सीखेलमा गोली चल्यो, एक जना पक्राउ


    २०८० मंग्सिर २६, मंगलबार
    ललितपुरको झम्सीखेलमा गोली चल्यो, एक जना पक्राउ

    २०८० मंग्सिर २६, मंगलबार

    ललितपुर – ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ ।

    नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

    एसपी रवीन्द्र रेग्मीका अनुसार एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् ।

    उनको दाहिने खुट्टामा गोली लागेको छ । घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

    राईको साथबाट पेस्तोलसहित लागूऔषधसमेत बरामद गरिएको रेग्मीले जानकारी दिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर