• वैशाख २३, २०८१ आइतबार
    05 May, 2024, Sunday

    फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प


    २०८० मंसिर १७, आइतबार

    २०८० मंसिर १७, आइतबार

    काठमाडौं। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

    एक अद्यावधिक प्रतिवेदनमा,  भूकम्प राति १०ः३७ बजे गएको संस्थानले  जनाएकाे छ ।

    हिनाटुआन शहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको हो ।

    भूकम्प मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागमा महसुस गरिएको थियो । क्षतिको तत्काल कुनै विवरण आएको छैन । संस्थानले २ सयभन्दा बढी परकम्पहरू गएको बताएको छ ।

    ५ देखि ६ म्याग्निच्युडको पराकम्प गएको बताइएको छ ।  एजेन्सीबाट

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर