• बैसाख ३०, २०८२ मंगलबार
    13 May, 2025, Tuesday

    प्रतिनिधि सभाको बैठक बस्दै (कार्यसूची सहित)


    २०७८ श्रावण १९, मंगलबार
    प्रतिनिधि सभाको बैठक बस्दै (कार्यसूची सहित)

    २०७८ श्रावण १९, मंगलबार

    काठमाण्डौः प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ । मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।

    आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् । पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६-०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ ।

    दोस्रो कार्यसूचीमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ । हाल नेपाल काँग्रेसमा रहेका सिंह ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर