• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    एमालेका मेयरसहित तीन वडाध्यक्षलाई पक्राउ गर्न अदालतको आदेश


    २०८१ जेठ १४, सोमबार

    २०८१ जेठ १४, सोमबार

    काठमाण्डौंः काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ आदेश जारी गरेको छ ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले यस्तो फैसला सुनाएको हो । अदालतले वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई सजाय सुनाएको हो ।

    नगरले अनधिकृत रुपमा व्यक्तिको जग्गा कब्जा गरेको विषयमा परेको निवेदनमा अदालतले पछिल्लो फैसला गरेको हो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर