• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    १९ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन हेडक्वाटरको निर्देशन


    २०८१ जेठ ११, शुक्रबार

    २०८१ जेठ ११, शुक्रबार

    काठमाण्डौः प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

    शुक्रबार सूचना जारी गरी कार्यालयले दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो। कार्यालयले उनीहरूको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत ती प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएका जनाएको छ।

    प्राविधिक प्रहरी नायब निरीक्षक अन्जन सिंखडा, प्रहरी सहायक निरीक्षक भोजराज न्यौपाने, प्रहरी हवलदारहरू कमल रोका मगर देवेन्द्र डिसी, यौनी कमार मण्डल गत चैतदेखि गैरहाजिर छन्।

    प्रहरी जवानहरू शिव श्रेष्ठ, शिव कुमार चलाउने, रूपक केसी, विरेन्द्र सिंह भाट, सुमन खड्का, कन्हाईलाल राम, प्रसन्नकुमार विक, अनुप मिजार, अशोक नेपाली, कुल बहादुर सारू थापा, कल्याण जिसी माधव थापा र रमिता खत्री छन्।

    उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

    अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिइएको छ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर